कृष्ण थापा
तेल अभिव, इजरायल
श्री साईं नयन गृह ,इजरायलको आयोजनामा यहाँ रहेका नेपालीहरुद्वारा इजरायलको तेल अभिभ शहरमा श्री सत्य साईं बाबा को ८३ औं जन्मोत्सव यो शनिबार भव्यताका साथ मनाइयो, उक्त जन्म दिवस समारोहको शुभ प्रभातम, द्वीप प्रज्वलन इजरायल स्थित नेपाली राजदूत महामहिम श्री बैजनाथ थपलियाद्वारा गरिएको थियो ।

श्री नेपाली साईं केन्द्र इजरायल तथा साईं नयन गृह इजरायल,भगवान् श्री सत्य साईं बाबाको निर्देशिका र मार्गदर्शनहरु लाइ हृदयंगम गरि श्रद्धा, अनुशरण र पालना गर्ने उत्साही नेपाली साईं भक्त हरुद्वारा स्थापना गरिएको हो ।सैयौको संख्यामा साईं नयन गृहका सदस्य साईराम हरु र भक्तजन हरु प्रवासमा रहेर पनि उहाँप्रतिको असीम प्रेम विस्वास र आस्था प्रकट गर्न, भजन गाउन र प्रार्थना गर्न हरेक हप्ता भेला हुने गर्छन ।

बाबाको ८३ औं जन्मोत्सव समारोह उहाँप्रतिको यही प्रेम को उत्कृष्ट उदाहरण बनेको थियो सो अवसर मा समारोहका गुरु प्रकाश थापा तथा नेपाली साईं केन्द्र की प्रमुख सलाहकार बंदना राईले बिशेष प्रवचन दिनु भएको थियो ।त्यसै गरि अतिथि महामहिम राजदूत वैजनाथ थपलिया तथा नेपाली साईं केन्द्रका अध्यक्ष श्री भुवन सिंह कुंवरले मंतव्य राख्नुभएको थियो भने बाबाको जन्मदिन मनाउन बिशेष रुपमा आमंत्रित अर्की अतिथि श्रीदेवी साईरामले आरती गर्नु भएको थियो ।
जन्म दिवसमा नेपाली लगायत इजरायली स्वदेशी र बिदेशी साइभक्तहरुको पनि उपस्थिति रहेको थियो । साईं संगठन इजरायलका अध्यक्ष जोपी साईरामले बाबाको 83 औं जन्म दिन मनाउन बसेका नेपाली हरुलाई संबोधन गर्नुभएको थियो । बाबाको जन्मदिन को सोही दिव्य उपलक्ष्यमा साईराम नेहा गुरुंगले पनि आफ्नो धारणा राखेकी थिइन ।

सो अवसरमा श्री अर्जुन जयसवालद्वारा संकलित साईं भजन हरुको संगालोको पनि विमोचन तथा बितरण गरिएको थियो ।