merosandesh- your voice from diaspora

.

FEATURED ARTICLES

गत मार्च ५ तारिखका दिन शेर्पा संघ इजरायलले "२१३८ च्याक मो च्योद लो " ल्होसार कार्यक्रम सम्पन्न


गत मार्च ५ तारिखका दिन शेर्पा संघ इजरायलले "२१३८ च्याक मो च्योद लो " ल्होसार कार्यक्रम सम्पन्न गरयो।कार्यक्रमको सुरुवातमा शेर्पा संघ इजरायलको अध्यक्ष आङ्ग छिरिंग शेर्पाले शुभकामना मन्त्यब्य ब्यक्त गर्नु भएको थियो। उक्त कार्यक्रम नर्बु छिरिंग शेर्पा र सुश्री ल्हेमी शेर्पाले संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा अथितिहरु :-लुम्बि...नी समाज इजरायलका चिरन्जीवी पाण्डे, ह्योल्मो समाज इजरायलका लामा गोपाल ह्योल्मो, तामांग समाज इजरायलका सुन्दर लामा, NRN इजरायलका जिबन खड्का, तमु समाज इजरायलका बेल गुरुङ, मिलाप मिनिस्ट्रीका दौलत राई, श्री सत्य साइ केन्द्र इजरायलकी नेहा गुरुङ त्यसैगरी समाजसेवी :- श्री कृष्णा अधिकारी, नर्बु शेर्पा, सुमन श्रेष्ठ, सानु श्रेष्ठ, पेम्बा शेर्पा, दिनेश दुलाल, दाली शेर्पा, माया लामा शेर्पा, मणि कड़ेलका साथै डि जे बिपिन तामांग, क्यामरामेन सुरज श्रेष्ठ र भिडियोग्राफर रुपा घिमिरेलाई आसन ग्रहण गराएको थियो सोहि कार्यक्रममा ह्योल्मो समाज इजरायलका ग्यामी ज्यावा ह्योल्मोलाई विशेष धन्याबाद दिनु भएको थियो । करिब बेलुकी ८ बजे बाट संचालन भएको कार्यक्रममा गीत,नृत्य र विशेष सेप्रु नृत्यले दर्शकहरुलाई मन्त्रमुग्न पारेको थियो। गीत गाउने क्रममा शेर्पा संघ इजरायलका सह-सचिब छिरिंग लामा शेर्पा, गायक देव कुमार चौधरी र मेरोसंदेश डट कमका ओम प्रसाई साथै नृत्य तर्फ छोटी शेर्पा र संगीता लामाले आ-आफ्नो कलालाई प्रस्तुत गर्नु भएको थियो। सोहि कार्यक्रममा कलाकार विजय बिस्ट र गायक देव कुमार चौधरीलाई सम्मान पनि गरिएको थियो। लगभग ३०० जना उपस्थिति रहेको कार्यक्रममा विभिन्न परिकारका स्वादिस्ट खानपिनहरुको पनि ब्यबस्था गरिएको थियो ।करिब बिहान ६ बजे सम्म संचालान भएको कार्यक्रममा शेर्पा संघ इजरायलका पासांग शेर्पाले कार्यक्रमको बिसर्जन गर्नु भएको थियो। उक्त ल्होसार कार्यक्रममा विभिन्न व्यक्तिहरुबाट करिब ७ हजार सेकेल आर्थिक सहयोग संकलन भएको शेर्पा संघ इजरायलले बताउनु बताउनु भएको छ ।
Continue reading the news >>

क्रिसमस

Continue reading the news >>

85th birthday celebration of sri sathya sai baba

श्री सत्य साइ केन्द्र इजरायलद्वारा साइबाबाकॊ ८५
औँ जन्मॊत्सबकॊ अबशरमा हाफ्टमान स्ट्रिट ०६ नं हल ,तेलअभिबमा एक बिशेष कार्यक्रमकॊ आयॊजना गरि अत्याधिक मात्रामा (इजरायली,नेपाली र भारतीय गरि २०० भन्दा धेरै ) भक्तजनहरू सहभागी भइ भजन,कृतन गर्नुका साथै बर्थ डे केक काटेर भब्य रूपमा जन्मॊत्सब कार्यक्रम सम्पन्न गरियॊ, उक्त कार्यक्रमकॊ उद्घघाटन नेपाली दुताबास,इजरायलकॊ द्वितीय सचिब बिष्णु गौतम ज्यूद्वारा बत्ति बालेर सुभारम्भ गरियॊ भने कार्यक्रम तालिका अनुसार लगातार तिन घण्टा जत्ती अनबरत नेपाली र हिन्दि भाषाका सुन्दर र कर्णप्रीय भजनहरू गाइए पश्चात इजरायली साइ सेन्टरका बरिष्ठ साइरामद्वारा बर्थ डे केक काटिएकॊ थियॊ ।
कार्यक्रममा श्री सत्य साइ केन्द्र इजरायलका अध्यक्ष नेहा गुरूङ (साइरामद्वारा) साइराम र धर्मकॊ परिचय र बाबाकॊ तर्फबाट भक्तजनहरूलाइ पाठाइकॊ शुभकामना सन्देश अंग्रेजी र नेपाली भाषामा सुनाउनु भएकॊ थियॊ अन्त्यमा उक्त हल उपल्ब्ध गाराइदिनु हुने इजरायली साइ सेन्टरका अध्यक्ष (इजरायली) लाइ बिशेष धन्यबाद र अन्य इजरायल स्थित संघसस्थाका प्रतिनिध,मिडीया पार्टनर,साइ अपार्टका सदस्यहरू र कार्यक्रम संयॊजकत्व गर्नुहुने बिबिध समुहहरूलाइ पनि हार्दिक धन्यबाद दिदै अन्तमा आरती भजन गाएपछि तहाँ उपस्तथीत सबै भक्तजनहरूले क्रमशः साइरामकॊ चरणमा

दण्डबत गरि आशिर्षबाद लिएका थिए र कार्यक्रमकॊ अन्तमा बर्थ डे कॊ प्रसाद ग्रहण गरि सबै साइरामहरू मिलेर इजरायलमा पनि साइबाबाकॊ ८५ औँ जन्मॊत्सबकॊ कार्यक्रम हर्सॊल्लासका साथ भब्य रूपमा सफल बनाइयॊ भन्दा युक्तीसंग हुनेछ ।

Continue reading the news >>
click for the sound

NEPAL HEADLINES NEWS TODAY

IN THE NEWS TODAY


SELECTED VIDEO: