merosandesh- your voice from diaspora

.

FEATURED ARTICLES

इजरायलमा शुभ - दिपावली साँझ सम्पन्न





इजरायलमा शुभ - दिपावली साँझ सम्पन्न
३१ अक्टूबर, २००८
अर्जुन जयसवाल (तेल-अवीव, इजरायल)
... शुक्रबार, त्यसै पनि इजरायलको तेल-अवीव शहरमा साप्ताहिक बिदामा नेपालीहरुको जमघट हुने गर्दछ, तर आज तिहारको पुणित उपलक्ष्यमा गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद्, इज-रायलले आयोजना गरेको शुभ-दीपावली साँझको चहल पहल पनि भएकोले नेपालीहरुमा अर्कै उत्साह देखिएको थियो | सयौ दर्शकले भरिएको बेतबार्बर हल भित्र, बत्तीको झिलीमिली र बिशेष रूपले सिंगारिएको रंगमंचमा देउसी- भैलो भट्टयाउदै एन. आर. एन. इजरायलका पदअधिकारीहरु प्रवेश गरे पछि दर्शकहरुले पनि एक साथ ताली बजाउदै देउसी भैलो भट्टयाएका थिए |

प्रमुख अतिथि, राजदूत बैजनाथ थपलियाद्वारा परम्परागत रुपमा पानसमा बती बाली समुद्धघाटन गरिएको यो कार्यक्रम, राष्ट्रीय समन्वय परिषद् इजरायलको पहिलो सांस्कृतीक प्रस्तुति हो | गैर आवासीय नेपाली दिवसको सन्दर्भमा राष्ट्रीय समन्वय परिषद्, इजरायलको आयोजना मै सम्पन्न भलीबल प्रतियोगितामा प्रथम भएका भारतीय र द्वितीय भएका नेपाली खेलाडीहरुलाई प्रमुख अतिथिले शील्ड, मेडल र प्रमाणपत्र बितरण गर्नु भएको थियो |

कार्यक्रममा देवकी ढकाल र चुनु बानियाद्वारा निर्देशित बिभिन्न नेपाली सांस्कृतिक नृत्यहरु प्रस्तुत गारीएको थियो | बिभिन्न कलाकारहरुले आफ्ना सुमधुर स्वरले वातावरणलाई सांगीतिकमय बनाएका थिए | नाच - गान र नृत्य मात्र नभएर प्रहसन, हास्य ब्यंग्यको पनि प्रस्तुतिले कार्यक्रमको शोभा बढेको थियो |सो कार्यक्रममा बिभिन्न कबिता र ग़ज़लहरु पनि प्रस्तुत गरिएको थियो | यस् दीपावली साँझको आकर्षणको केन्द्र बिन्दु थियो, मोदनाथ प्रश्रितद्वारा रचित, उदय श्रेष्ठद्वारा संगीत बद्ध र चुनु बनियाद्वारा निर्देशित छुवाछुतमा आधारित गीति नाटक "बुद्ध र चंडालिका" | नेर्देशिका चुनु बनियाद्वारा नाटकको मुख्य पात्र चंडालिका र कलाकार दिनेश प्रसाईद्वारा बुद्धको सशक्त अभिनयले दर्शक बृंदलाई मोहित पारेको देखिन्थ्यो | यसरी प्रतिभा समूह इजरायलका कलाकार लगायत अन्य कलाकारहरुले आफ्ना प्रस्तुति मार्फ़त पटक पटक चाडबाड र बिदाको अवसरमा आयोजित बिभिन्न कार्यक्रममा यहाँ कार्यरत नेपालीहरुलाई मनोरंजन प्रदान गर्दै आएकोछ |

कार्यक्रम संयोजक दिनेश प्रसाइ र चुनु बानियाको कुशल संयोजनले छोटो समय र कार्य ब्यास्तताको बाबजूद पनि कार्यक्रमलाई पूर्ण सफल पार्न सहयोग गरेको कुरा आयोजक पक्षले स्विकार्दै, आगामी कार्यक्रमहरुमा सबैको साथको अपेक्षा गरेको छ | सयौ नेपाली दर्शक बाहेक इजरायली दर्शकहरुले पनि कार्यक्रमलाई बिशेष रूचिका साथ अवलोकन गरेका थिए | उदघोषक श्रीकृष्ण अधिकारीको र ऋत गिरीको उदघोषणले कार्यक्रमलाई थप आकर्षण प्रदान गरेको थियो

सोही कार्यक्रममा बोल्दै, गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद्, इजरायल को अधक्ष्य भुवन सिंह कुंवरले, " बिशेष गरी बिदेशमा हाम्रो पहिलो परिचय नेपाली नै हुनु पर्छ भन्दै बिदेशमा बशोबस गर्ने संपूर्ण नेपालीले पहिला नेपाली भएर सोचन सकने र त्यही अनुरूप कार्य गर्ने बfनीको बिकाश नहुन्जेल सम्म गैर आवासीय नेपाली संघको उद्देश्य पूरा हुन नसक्ने" बताउनु भयो |






click for the sound

NEPAL HEADLINES NEWS TODAY

SELECTED VIDEO: