गत मार्च ५ तारिखका दिन शेर्पा संघ इजरायलले "२१३८ च्याक मो च्योद लो " ल्होसार कार्यक्रम सम्पन्न
गत मार्च ५ तारिखका दिन शेर्पा संघ इजरायलले "२१३८ च्याक मो च्योद लो " ल्होसार कार्यक्रम सम्पन्न गरयो।कार्यक्रमको सुरुवातमा शेर्पा संघ इजरायलको अध्यक्ष आङ्ग छिरिंग शेर्पाले शुभकामना मन्त्यब्य ब्यक्त गर्नु भएको थियो। उक्त कार्यक्रम नर्बु छिरिंग शेर्पा र सुश्री ल्हेमी शेर्पाले संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा अथितिहरु :-लुम्बि...नी समाज इजरायलका चिरन्जीवी पाण्डे, ह्योल्मो समाज इजरायलका लामा गोपाल ह्योल्मो, तामांग समाज इजरायलका सुन्दर लामा, NRN इजरायलका जिबन खड्का, तमु समाज इजरायलका बेल गुरुङ, मिलाप मिनिस्ट्रीका दौलत राई, श्री सत्य साइ केन्द्र इजरायलकी नेहा गुरुङ त्यसैगरी समाजसेवी :- श्री कृष्णा अधिकारी, नर्बु शेर्पा, सुमन श्रेष्ठ, सानु श्रेष्ठ, पेम्बा शेर्पा, दिनेश दुलाल, दाली शेर्पा, माया लामा शेर्पा, मणि कड़ेलका साथै डि जे बिपिन तामांग, क्यामरामेन सुरज श्रेष्ठ र भिडियोग्राफर रुपा घिमिरेलाई आसन ग्रहण गराएको थियो सोहि कार्यक्रममा ह्योल्मो समाज इजरायलका ग्यामी ज्यावा ह्योल्मोलाई विशेष धन्याबाद दिनु भएको थियो । करिब बेलुकी ८ बजे बाट संचालन भएको कार्यक्रममा गीत,नृत्य र विशेष सेप्रु नृत्यले दर्शकहरुलाई मन्त्रमुग्न पारेको थियो। गीत गाउने क्रममा शेर्पा संघ इजरायलका सह-सचिब छिरिंग लामा शेर्पा, गायक देव कुमार चौधरी र मेरोसंदेश डट कमका ओम प्रसाई साथै नृत्य तर्फ छोटी शेर्पा र संगीता लामाले आ-आफ्नो कलालाई प्रस्तुत गर्नु भएको थियो। सोहि कार्यक्रममा कलाकार विजय बिस्ट र गायक देव कुमार चौधरीलाई सम्मान पनि गरिएको थियो। लगभग ३०० जना उपस्थिति रहेको कार्यक्रममा विभिन्न परिकारका स्वादिस्ट खानपिनहरुको पनि ब्यबस्था गरिएको थियो ।करिब बिहान ६ बजे सम्म संचालान भएको कार्यक्रममा शेर्पा संघ इजरायलका पासांग शेर्पाले कार्यक्रमको बिसर्जन गर्नु भएको थियो। उक्त ल्होसार कार्यक्रममा विभिन्न व्यक्तिहरुबाट करिब ७ हजार सेकेल आर्थिक सहयोग संकलन भएको शेर्पा संघ इजरायलले बताउनु बताउनु भएको छ ।

NEPAL HEADLINES NEWS TODAY
SELECTED VIDEO: